आकासिँदै सुनको मूल्य, तोलाको कति पुग्यो ?

No ads found for this position
No ads found for this position

काठमाडौं- आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

मंगलबार सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्बाधिक मूल्य हो ।

यस अघि सोमबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ९ सय रहेको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *