बागमतीमा बेपत्ता भएका बालकको १८ घण्टापछि शव भेटियो

No ads found for this position
No ads found for this position

रौतहट- रौतहटस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको १८ घन्टाको खोजीपछि शव बरामद भएको छ ।

जिल्लाको पूर्वीभेग गढीमाई नगरपालिका ३ लक्ष्मीपुर घाट बागमती नदीमा नुहाउने क्रममा सोमवार बेपत्ता भएको १० बर्षीय बालकको आज शव बरामद भएको हो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त टोलीले बेपत्ता भएको १८ घन्टा पश्चात घटनास्थल बाट साढे तीन किलोमिटर टाढा बालकको शव बरामद गरेको हो ।

गढीमाई ३ लक्षमिपुरका हकुदिन कवाडीको १० बर्षीय छोरा सफर कवाडी अन्य दुईजना साथी सहित सोमवार दिउसो १ बजे गाउँछेउको बागमती नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेका थिए ।

घटनाको खबर लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर दुईजना बालकको उद्धार गरेपनि १० बर्षीय सफर कवाडी भने डुबेर बेपता भएका थिए ।

सशस्त्र प्रहरी ११ नम्बर हेक्वाबाट बिपद तथा उद्धार सामग्री सहित गएका ३० जनाको टोली, नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त टोलीले लगातारको खानतलास पछि आज बिहान साढे ७ बजे घटनास्थल लक्ष्मीपुर देखि साढे तीन किलोमिटर टाढा गढीमाई ७ धरमपुर गाउँ छेउ बागमती नदीको किनारमा बेपत्ता बालक सफर कवाडीको शव बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *