रिल बनाउँदा झरनामा खसेर युवतीको मृत्यु

No ads found for this position
No ads found for this position

काठमाडौँ । भारतको महाराष्ट्रको रायगढ जिल्लाको कुम्भे झरना नजिकै साथीहरूसँग घुम्न गएकी अन्वी कामदार नामकी युवतीको खाल्डोमा खसेर मृत्यु भएको छ ।

मुम्बई निवासी अन्वी कामदार महाराष्ट्रको रायगढमा रहेको कुम्भे झरना हेर्न गएकी थिइन् । इन्स्टाग्राम रिल बनाउनेक्रममा झरना नजिक गएकी अन्वी ३ सय फिट गहिरो खाल्डोमा चिप्लिएर खसेकी थिइन् । २७ बर्षिय अन्वी कामदार  सामाजिक सञ्जालमा सक्रिय रहेकी थिइन् भने उनका इन्स्टाग्राममा दुई लाखभन्दा बढी फलोअर्स छन् । चार्टड एकाउन्टेन्ट समेत रहेकी अन्वी ट्राभलर ब्लगर समेत रहेको बताइएको छ ।

कुम्भे झरनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अन्वी जुलाई १६ मा आफ्ना साथीहरूसँग घुम्न गएकी थिइन् ।

प्रहरीले जुलाई १६ को बिहान ९ बजेतिर चिप्लो सडकका कारण अन्वीको खुट्टा चिप्लिएर झरनामा खसेको बताएको छ । घाइते अवस्थामा रहेकी अन्वीलाई करिब ६ घण्टापछि  निकालिएको र तुरुन्त अस्पताल पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *