दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको विमानमा थिए १९ यात्रु

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।

चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न तीनवटै सुरक्षाकर्मी निकाय परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए। दुर्घटनाका बारेमा जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुगेका छन् । -रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *