राजदूत नियुक्ति: कांग्रेस-एमालेमा मिल्यो भागबन्डा, कसले कुन देश पाए ?

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा राजदूत नियुक्तिमा भागबन्डा मिलेको छ । प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच चीन, रसिया, जापान र अस्ट्रेलियाबाट राजदूत फिर्ता गर्ने समझदारी भइसकेको छ।

सहमति अनुसार अमेरिका, चीन, बेलायत र रुसमा एमालेले राजदूत सिफारिस गर्नेछ। यस्तै भारत, जापान, अस्ट्रेलिया र मलेसियामा कांग्रेसको सिफारिसमा राजदूत नियुक्त गर्ने सहमति बनेको छ।

एमाले र कांग्रेसबीच खाली रहेका अन्य देशमा पनि राजदूत सिफारिस गर्ने सहमति बनेको स्रोतले बताएको छ। सहमति अनुसार एमालेभन्दा कांग्रेसले एक बढी देशमा राजदूत सिफारिस गर्नेछ।

दुई वटा छिमेकीमध्ये एमालेले चीन र कांग्रेसले भारतमा राजदूत सिफारिस गर्ने सहमति बनेको हो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *