आईकाओको रिपोर्ट एक साताभित्र समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन

No ads found for this position
No ads found for this position

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र समितिमा पेस गर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले मन्त्रीलाई यस्तो निर्देशन दिएको हो ।

समितिका सभापति राजकिशोर यादवले पर्यटनमन्त्री बद्री पाण्डेलाई सन् २०२२ को आईकाओको रिपोर्ट एक हप्ताभित्रसमितिमा पेस गर्न निर्देशन दिएका हुन् ।

सभापति यादवले भने- ‘आईकाओको प्रतिवेदन समितिलाई पठाउन पर्यटन मन्त्रालयलाई पत्र नै लेखेको छ। अब समितिले पत्र लेख्न नपरोस् । अबको एक हप्ताभित्र समितिलाई प्रतिवेदन उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन गर्दछु । ईयू सेफ्टी लिस्टको विषयमा डेढ वर्ष भयो। अब हामीले रिजल्ट हेर्ने हो। अर्को बैठकमा आउँदा ईयू सेफ्टीलिस्टमा कति दिनमा हामी च्यानपेन हुन्छौं । तयार गरेर आउन मन्त्रीलाई निर्देशन गर्दछु।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *