मन्त्रालयगत योजनाका विषयमा प्रधानमन्त्रीले आज सचिवहरूलाई निर्देशन दिने

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिने भएका छन् । उनले मन्त्रालयगत कामको प्रगति र भावी योजनाका सम्बन्धमा सचिवहरूलाई निर्देशन दिने भएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने उक्त बैठकमा उपप्रधानमन्त्री,मन्त्रीहरु प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सचिव लगायतको सहभागी हुनेछ ।

प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ब्रिफिङ लिएका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *