नेताको टाउको जोडेर गरिने एकता दीगो हुँदैन: शंकर पोखरेल

No ads found for this position
No ads found for this position

दाङ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेताको टाउको जोडेर गरिने एकता दीगो नहुने बताएका छन् ।

मंगलबार प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने समेत ठोकुवा गरे।

उनले भने, ‘वामपन्थीहरूको एकताको कथा असफल भइसक्यो । अब पुरानै बाटोबाट अघि बढ्न सकिँदैन । नेताकहरुको टाउको जोडेर भन्दा पनि अब कार्यकर्ताको मन जोडेर राजनीतिक धुव्रीकरण हुनु जरुरी छ ।’

यस्तै उनले कम्युनिस्टमा विचार राख्नेहरू एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू कांग्रेसतर्फ धुव्रीकरण हुन आवश्यक भएको बताए। यसबाट बलियो राजनितीक शक्ति निर्माण गर्न सकिने उनले बताए ।

साना दलहरुले बार्गेनिङ गरि सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएपछि दुई ठूला दल एक ठाउँमा आउनु परेको उनको भनाइ थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *