अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौँ । काठमाडौं, तारकेश्वर नगरपालिका-२ मिलमिलाप टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ मिलिग्राम र नगद ७ हजार ४ सय रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तारकेश्‍वर नगरपालिकामा डेरा गरी बस्ने नुवाकोट ककनी गाउँपालिका-७ घर भएका ३० वर्षीय राकेश बलामी र नुवाकोट पञ्चकन्या गाउँपालिका-६ घर भएका २२ वर्षीय रोशन थापा रहेका छन् । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूको कोठाबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

कैलाली, टीकापुर नगरपालिका-९ खग्रौला चेक पोष्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित टीकापुर नगरपालिका-९ बस्ने २२ वर्षीय दिपेश आउजीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-६ चैतन्य पाठशालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्राम सहित ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने वर्ष १८ वर्षीय किशोर, सोही उपमहानगरपालिका-१ शिवनगर बस्ने १९ वर्षीय योगेन्द्र प्रसाद भट्ट र सोही उपमहानगरपालिका-८ क्याम्पस रोड बस्ने ३५ वर्षीय आयुष सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१००९ प ४८० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुर्खेत, पन्चपुरी नगरपालिका-५ स्थित गणेश शाहीको घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम र नगद २१ हजार ५ सय रूपैयाँ सहित ४ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पन्चपुरी नगरपालिका-५ बाबियाचौर बस्ने ३८ वर्षीय प्रेम बहादुर शाही, ३५ वर्षीय तपेन्द्र कुमार कंडेल, ३२ वर्षीय तप्त रावल र  सोही नगरपालिका-६ बस्ने ३८ वर्षीय प्रमोद बहादुर सलामी रहेका छन् । इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको भे.७ प ३०७ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ ।

बर्दिया, बढैयाताल गाउँपालिका-३ भोलागौडी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित बर्दिया बाँसगढी नगरपालिका-६ दमौली बस्ने २० वर्षीय मनिश शाह समेत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भे.६ प ७०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, बैजानाथ गाउँपालिका-१ गावर लाईन्स पार्कस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित बैजानाथ गाउँपालिका-१ बस्ने ३१ वर्षीय सुक बहादुर रावल र २९ वर्षीय नगेन्द्र रोकायलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *