नयाँ बसपार्कभित्र पार्किङ गरेर राखेको बसमा युवकको शव भेटियो

No ads found for this position
No ads found for this position

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कभित्र पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव फेला परेको छ।

नयाँ बसपार्कको ३ नम्बर गेटनजिकै पार्किङ गरी राखिएको बा २ ख २३४४ नम्बरको बसमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारीको शव फेला परेको हो।

अधिकारी पार्किङ गरेको बसभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। उनी सोही क्षेत्रमा काम गर्ने उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *