अवैध लागूऔषधसहित पाँच जना पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौँ । देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् ।

जसमा मोरङ, बिराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्राम सहित सुन्दरहरैचा नगरपालिका-३ बस्ने ३२ वर्षीय मनोज कटुवाल र ३२ वर्षीय अम्बिर यक्सो लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९८ प ४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, झापा गाउँपालिका-१ सालमाराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-१२ बस्ने २६ वर्षीय मनिष थापा, २२ वर्षीय रिकाश बस्नेत र १९ वर्षीय रोमित कट्वाल रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *