राप्रपाका जिल्ला अध्यक्षहरुको भेला आजदेखि काठमाडौंमा हुँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरुको भेला आजदेखि काठमाडौंमा शुरु हुदै छ ।

आज र भोलि धुम्बाराहीस्थित एसआर बैंक्वेटमा हुने जिल्ला अध्यक्षहरुको भेलाको उद्घाटन अध्यक्ष राजेन्द्र लिङदेनले गर्ने कार्यक्रम रागेको छ । भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको समिक्षा गर्नुका साथै आगामी रणनीति तय गरिने कार्यसूची रहेको छ ।

भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरुलाई ब्रिफिङ गर्नेछन् भने पार्टीका शिर्ष नेताहरुले सङ्गठनका विविध पक्षमा जिल्ला अध्यक्षसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *