३ प्रदेशका प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- बागमती, लुम्बिनी र कर्णालीका नवनियुक्त प्रदेश प्रमुखहरूको शपथग्रहण आज साँझ ५ बजे राष्ट्रपति निवास शीतल निवासमा हुने भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बागमतीमा दीपक प्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई संविधानको धारा १६३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख नियुक्त गरेका थिए ।

यसअघि बागमतीमा नेकपा एस निकट यादव चन्द्र शर्मा, लुम्बिनीमा माओवादीका अमिक शेरचन र कर्णालीमा तिलक परियार थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *