महिला भलिबल: नेपालले आज इरानको सामना गर्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपालले काठमाडौंमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज इरानको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार साँझ ५: १५ बजेदेखि यो खेल हुने छ ।

जारी प्रतियोगितामा नेपालले २ खेलमा दुवै खेल जितेर ५ अंक हासिल गरेको छ भने इरानले ३ खेलमा २ जित र एक हारसहित ५ अंक नै हासिल गरेको छ ।

नेपालले शनिबार सम्पन्न यो खेलमा भारतमाथि ३-२ को सेटमा ऐतिहासिक जित हासिल गरेको थियो भने त्यसपछि पहिलो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।

त्यस्तै पहिलो खेलमा भारतसँग पराजित भएको इरानले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले र तेस्रो खेलमा माल्दिभ्सलाई ३-० ले पराजित गरेको थियो ।

आजको खेलपछि नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार ५: १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागीता रहेको यस प्रतियोगितामा लिग चरणका खेलपछि शीर्ष चार देशले सेमिफाइनल खेल्नेछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *