बाघको आक्रमणबाट मर्निङवाकमा गएका एक व्यक्ति घाइते

No ads found for this position
No ads found for this position

चितवन- भरतपुर महानगरपालिका-१ स्थित नारायणी नदी किनारमा मर्निङवाक गरेको एक व्यक्तिलाई बाघले आक्रमण गरेको छ ।

आइतबार बिहान पैदल हिँडेका भरतपुर-२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको बताइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *