सिरहामा भारतीय युवकको मृत्यु, हत्या आशंकामा एक पक्राउ

No ads found for this position
No ads found for this position
सिरहा। सिरहाको गोलबजारमा भारतीय युवकको शव आज विहान फेला परेको छ। गोलबजार नगरपालिका १ वहिरीबाँध नजिकैको ग्राभेल उत्खनन गरेको खाल्डोमा भारत विहार जिल्ला समस्तिपुर अलमपुरका करिव ३२ वर्षिय बवुल कुमार खानको शव फेला परेको हो।

उनी भारत विहार जिल्ला समस्तिपुर रहमदपुर पञ्चायत ९ चकनौरका पवन राय यादवका छोरा ३५ वर्षिय विजय यादवसँगै  धनगढीमाई नगरपालिका ८ इँटारी टोलमा पाहुना आएका थिए। पाहुना आएका उनीहरु मदिरा पिएर बेलुका झगडा भएको स्थानीयको भनाई रहेको छ।

झगडाकै क्रममा खानलाई गम्भीर चोट लागेका थिए। चोट लागेर बेहोस भएका खानलाई उपचारको लागि लगिएकाे थियाे। चोटकै कारण उनको मृत्यु भएको हुन सक्ने  प्रहरीले बताएकाे छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सुनिल कार्कीले घटनाको प्रकृति मुचुल्का उठाएर पोष्ट मार्टमको लागि लहानस्थित रामकुमार उपमाप्रसाद प्रादेशिक अस्पताल पठाएको जानकारी दिए।

उनले घटनाको अनुसन्धान भइरहेकोले तत्काल केही बताउन नसकिने बताउँदै पोष्टमार्टम पछि मात्र केही भन्न सकिने बताए। घटनामा संलग्न रहेको प्रहरीले विजय यादवलाई नियन्त्रणमा लिएको छ। तर, प्रहरीले यस विषयमा केही बताउन चाहेनन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *