काभा महिला भलिबलको सेमिफाइनल समीकरण पूरा, नेपालको प्रतिद्वन्दी इरान

No ads found for this position
No ads found for this position
काठमाडौँ । काठमाडौँमा जारी काभा महिला भलिबल लिगमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा पराजति गरेको छ ।

यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा नेपालले सोझो सेटमा ३-० ले माल्दिभ्सलाई पराजित गरेको हो ।

योसँगै सेमिफाइनलको समीकरण पनि पुरा भएको छ ।

भारत १० अंकसहित शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ भने अब सेमिफाइनलमा चौथो स्थानमा रहेको श्रीलंकासँग खेल्ने छ ।

त्यस्तै नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेको छ र भने अब सेमिफाइनलमा ७ अंकसहित तेस्रो स्थानमा रहेको इरानसँग खेल्ने छ ।

अब सेमिफाइनल खेल मंगलबार हुने छन् । मंगलबार अपराहन्न ३ बजे पहिलो स्मेइफ़ाइनल् खेल भारत र श्रीलंकाबीच हुने छ भने दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच अपराहन्न ५: १५ बजेदेखि शुरु हुने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *