काभा महिला भलिबल: सेमिफाइनलमा आज नेपालले इरानविरुद्ध खेल्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौंमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुँदै छन् ।

यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने सेमिफाइनल खेलमा पहिलो खेल अपराहन्न ३ बजे भारत र श्रीलंकाबीच हुदै छ ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच अपराहन्न ५: १५ बजेदेखि शुरु हुने छ ।

यस अघि समूह चरणको खेलमा भारत १० अंकसहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै इरान ७ अंकसहित तेस्रो भएर सेमिफाइनलमा पुगेको छ भने श्रीलंका ४ अंकसहित चौथो हुदै सेमिफाइनल खेल्दै छ ।

त्यस्तै प्रतियोगितामा सहभागी माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *