बागलुङ पहिरोः ८ जनाको मृत्यु

No ads found for this position
No ads found for this position

बागलुङ ।  बागलुङमा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ ।

वडा नम्बर १० मा ६ जना र वडा नम्बर ९ मा २ जना गरी आठ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

बडीगाड गाउँपालिका १० मा मंगलबार बिहान घरगोठ बगाउँदा मृत्यु हुनेमा ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी, १३ वर्षीय मनोज बुढा, अन्दाजी १२र१३ वर्षका अमन बुढा र ५९ वर्षीय मैतीदेवी विकको मृत्यु भएको हो ।

यसैगरी वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र गंगा विकको मृत्यु भएको छ ।

यसैगरी संगीता बुढा, सुमित्रा विक, सीता थापा र मंगलसिंह बुढा घाइते भएका छन् ।

आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर  पुरिँएकाे थियाे ।  पाँच जनाको मृत्यु भएको हो ।

 

 

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *