पेरिस ओलम्पिक : अमेरिका २४ स्वर्णसहित शीर्ष स्थानमा

No ads found for this position
No ads found for this position

पेरिस । सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कांस्यसहित सबैभन्दा बढी ८६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।

चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रोमा चीनले २२ स्वर्ण, २१ रजत र १६ कांस्यसहित कुल ५९ पदक हात पारेको छ भने अष्ट्रेलियाले १४ स्वर्ण, १२ रजत र नौ कांस्य पदकसहित कुल ३५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

त्यसै गरी, चौथो स्थानमा रहेको फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ कांस्यसहित ४८ पदक जितेको छ भने पाँचौँ स्थानमा बेलायतले १२ स्वर्ण, १५ रजत र १९ कांस्यसहित कुल ४६ पदक जितेको छ ।

पदक तालिकामा छैटौँ स्थानमा रहेको दक्षिण कोरियाले ११ स्वर्ण, आठ रजत र सात कांस्यसहित कुल २६ पदक जितेको छ भने जापानले ११ स्वर्ण, छ रजत र १२ कांस्यसहित २९ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र सात कांस्यसहित कुल २६ पदक जितेको छ भने नेदरल्यान्डसले आठ स्वर्ण, पाँच रजत र छ कांस्यसहित कुल १९ पदक जित्दै नवौँ स्थानमा रहेको छ । जर्मनीले आठ स्वर्ण, पाँच रजत र चार कांस्यसहित कुल १७ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *