श्रीलंकासँग भारतको लज्जास्पद हार

No ads found for this position
No ads found for this position

काठमाडौं- श्रीलंकाले भारतसँगको जारी एकदिवसी सिरिज जितेको छ । बुधबार सम्पन्न सिरिजको तेस्रो खेलमा भारतलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले सिरिज २-० ले जितेको हो ।

यस खेलमा श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछाएको भारतले २६.१ ओभरमा अल आउट हुदै १३८ रन मात्र बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्बाधिक ३५ रन बनाए भने वाशिंटन सुन्दरले ३० र विराट कोहलीले २० रन बनाए ।

त्यस्तै भारतीय ब्याटिंग ध्वस्त गर्नेक्रममा श्रीलंकाका बलर दुनिथ वेल्लालागेले ५ विकेट लिए भने महीश तिक्क्षना र जेफ्री वान्दरसेले २-२ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ७ विकेट गुमाउदै २४८ रन बनाएको थियो । श्रीलंकाका लागि आभिस्का फेर्नान्डोले सर्बाधिक ९६ रन बनाए भने कुसल मेन्डिसले ५९ र पाथुम निसान्काले ४५ रन बनाएका थिए । त्यस्तै भारतीय बलर रियाँ परागले ३ विकेट लिएका थिए ।

यो जितपछि श्रीलंकाले ३ खेलको सिरिज २-० ले जितेको छ । सिरिजको पहिलो खेल टाई भएको थियो भने त्यसपछिका दुवै खेल श्रीलंकाले जितेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *