रौतहटको झन्डीमा सीडीओसहित ५०० सय प्रहरी परिचालन

No ads found for this position
No ads found for this position

रौतहट। रौतहटको ईशनाथ नगरपालिका स्थित हिन्दू समुदायले मनाउने झण्डीमा सुरक्षार्थ ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ।

ईशनाथ- ७ घिउरा गाउँस्थित हनुमान मन्दिरमा पूजाअर्चना पश्चात झण्डी निकाल्ने क्रममा हिन्दू मुस्लिमबीच साम्प्रदायिक सद्भाव नविग्रियोस् भनेर विशेष सजगता अपनाइएको हो।

रौतहटका सीडीओ हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपि दिलीप घिमिरे सशस्त्र प्रहरीका एसपि बिक्रम हुमागाईं स्वयं नेतृत्व गरेर विशेष सुरक्षाको लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रत्येक बर्ष साउन पञ्चमी अर्थात नाग पञ्चमीको दिन ईशनाथ ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजाअर्चना गरी गाजाबाजासहित त्यहाँबाट झण्डी लिएर हजारौँको संख्यामा हिन्दु समुदायका मानिसहरू गाउँ भन्दा उत्तर तर्फको पोखरीको डिलमा जम्मा हुने गर्दछन्।

अहिले पनि उक्त मन्दिरमा पूजाअर्चना भइरहेको छ भने अपरान्ह झण्डी निकाल्ने योजना रहेको सीडीओ रेग्मीले जानकारी दिएका छन्। गाउँको उत्तरतर्फ बाक्लो बस्ती रहेको मुस्लिम समुदायका मानिसहरूले हिन्दूहरूले झण्डी लिएर आउने क्रममा विभिन्न प्रकारले बाधा उत्पन्न गर्ने गर्दछन्। सोही क्रममा दुई समुदाय बिच झडपको अवस्था उत्पन हुने गर्दछ।

विगत वर्षहरूको जस्तो ईशनाथमा सम्प्रदायिक सदभाव नबिग्रोस भनेर बिहिवार जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको सीडीओ रेग्मीले जानकारी दिएका छन्।

गत फागुन महिनामा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।

ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदा प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञ बिनोद पोखरेल परिचालित भएका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *