इको ब्राण्डको मिनिरल वाटरमा भेटियाे किटाणु

No ads found for this position
No ads found for this position

काठमाडौं । इको ब्राण्डको मिनिरल वाटरमा किटाणु भेटिएको छ ।

शुुक्रवार काठमाडौको अनामनगरस्थित किम्ची फाष्टफुड एण्ड तन्दुरी रेष्टुरेण्टका ग्राहकले पानी पिउने बेलामा सो मिनिरल वाटरको बोतलमा किटाणु फेला पारेको हो ।

सो मिनिरल वाटरको बोतलमा लार्भाजस्तो किटाणु भेटिएपछि काठमाडौ महानगरपालिकाको अनुगमन टोलीले सिल गरेर परीक्षणको लागि कृषि तथा पशुपंक्षी विभागमा पठाएको छ ।

मिनिरल वाटरको बोटलमा राखिएको पानीमा लार्भाजस्तो वस्तु देखिएपछि अनुगमनका लागि सम्बन्धित विभागमा सिल गरेर पठाउने काम गरिएको काठमाडौं महानगरपालिकाका प्राविधिक अशोक पराजुलीले जानकारी दिए।

उनले भने, ‘यो हामी विभागमा जान्छौं । अनि उहाँहरुसँग लिखित स्पष्टिकरण माग्छौं । उहाँहरुलाई कारबाहीका लागि के गर्ने भनेर माथिबाट सरहरुले निर्णय गर्नुहुन्छ । कारबाही तोक्ने कुरा उहाँहरुले गर्नु हुन्छ । मैले पानीमा हेर्दाखेरी लार्भा जस्तो कीराहरु देखिएको छ । यो एउटा कैफियत नै हो । कारबाही हाम्रो कृषि तथा पशुपंक्षी विभागले गर्छ । किटाणु नै भन्न सकिएन । तर प्रारम्भिक रुपमा लार्भा हो जस्तो लाग्यो । स्थानीय ऐन अनुसार उहाँहरुमाथि कारबाही हुन्छ ।’

प्राविधिक पराजुलीका अनुसार काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले सो वाटरमा रहेको लार्भाजस्तो वस्तु किटाणु हो/होइन? परीक्षण गरेर मात्रै कानूनी कारबाहीको प्रक्रियामा अघि बढाउनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *