भारतमा महिला डाक्टरको हत्या आरोपीको मोवाइलमा भेटियो अश्लिल भिडियो

No ads found for this position
No ads found for this position
नयाँदिल्ली । कोलकातामा एक महिला स्नातकोत्तर प्रशिक्षार्थी डाक्टरको यौन उत्पीडन र हत्याको मुद्दामा आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन्।

आरोपीलाई सियालदह अदालतमा पेश गरिएको थियो, जहाँ उनलाई भारतीय न्याय संहिता अन्तर्गत छुट्टाछुट्टै मुद्दामा अगस्ट २३ सम्म प्रहरी हिरासतमा पठाइएको छ ।

सोधपुछको क्रममा अधिकारीहरूले संदिग्धका सबै मोबाइल फोनहरू जफत गरेका थिए ।

न्युज १८ को रिपोर्ट अनुसार प्रहरीले आरोपीको मोबाइलबाट अश्लील भिडियो बरामद गरेको छ । अभियुक्तबाट एउटा ब्लुटुथ हेडफोन बरामद भएको छ, जसलाई महत्वपूर्ण प्रमाणका रुपमा लिइएको छ ।

नागरिक स्वयंसेवकका रूपमा राखिएका कारण अभियुक्तले सहजै अस्पताल प्रवेश पाएका थिए । प्रहरीलाई सहयोग गर्ने यस्ता कर्मचारी हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *