डेंगी संक्रमणबाट २ जनाको मृत्यु

No ads found for this position
No ads found for this position

काठमाडौं- झापा र तनहुँमा डेंगी संक्रमणबाट २ जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार डेंगी संक्रमणबाट झापामा ४० वर्षीया महिला र तनहुँको दमौलीका ५० वर्षीय पुरुषको मृत्यु भएको हो।

गत पुसदेखि हालसम्म देशभर २ हजार तीन सय भन्दा धेरैमा डेंगी संक्रमण पुष्टि भइसकेको छ। नेपालका ७३ जिल्लामा डेंगी संक्रमण फैलिएको महाशाखाले जनाएको छ।

गत वर्ष नेपालमा डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *