सिन्धुली दुर्घटनामा परि मृत्यु भएकको पहिचान खुल्यो, ३ जनाको अवस्था गम्भीर

No ads found for this position
No ads found for this position

काठमाडौं- वीपी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका ४ मा बा. २० च. ८२८३ नम्बरको बोलेरो दुर्घटनामा ज्यान गुमाउने २ जनाको पहिचान खुलेको छ।

दुर्घटनामा सिन्धुलीकै गोलन्जोर गाउँपालिका- ६ निवासी करिब ४० वर्षीय पृथ्वी भुजेल र ४२ वर्षीय उदय मगरको मृत्यु भएको प्रहरीले बताएको छ।

सिन्धुलीको तीनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरो आज बिहीबार बिहान ९:२० बजे सडकबाट खसेर दुर्घटना भएको हो।

घाइते ११ जनामध्ये तीन जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते बोलेरो चालक टीकाराम राई, हिमाल परियार र पवन मस्रांगीलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *