ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघर तनावग्रस्त

No ads found for this position
No ads found for this position

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा चौक तनावग्रस्त बनेको छ ।

भक्तपुरको गठ्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घट्नास्थलमै मृत्यु भएको थियाे ।

प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङ्गमा रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घट्नास्थलमै मृत्यु भएको हो ।

तीव्र गतिको ट्रकले करिब एक सय परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । चालकको शरीर क्षतविक्षत भएको छ भने परिचय अझै नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा झोला र किताब–कापी भेटिएका छन् ।

दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका छन् । स्थानीय आन्दोलित भएपछि भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *