रुसी डान्सरलाई १२ बर्षको जेल सजाय

No ads found for this position
No ads found for this position

काठमाडौं- रुसकी एक ब्याले डान्सरलाई १२ बर्षको जेल सजाय भएको छ ।

रुसी अदालतले ब्याले डान्सर केसेनिया कार्लिनालाई युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ डलर दान गरेको आरोपमा १२ वर्षको जेल सजाय सुनाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

उनलाई देशद्रोहको मुद्दामा यो सजाय दिइएको हो । कार्लिना हाल लस एन्जलसमा बस्दै आएकी थिइन् र उनलाई २०२१ मा अमेरिकी नागरिकता दिइएको थियो । क्यारोलिनालाई जनवरीमा मस्कोबाट १६ सय किलोमिटर पूर्वमा येकातेरिनबर्गमा पारिवारिक यात्राको क्रममा पक्राउ गरिएको थियो ।

रुसको संघीय सुरक्षा सेवाले केसेनिया कार्लिनाले युक्रेनी सेनालाई हतियार उपलब्ध गराउने युक्रेनी संगठनका लागि रकम जुटाएको बताएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *