पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

No ads found for this position
No ads found for this position

जाजरकोट- जाजरकोटमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिका-२ माझगाउँमा माथीबाट आएको पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४२ वर्षीय लाल बहादुर परियार, ३४ वर्षीय मनिशा परियार र २ वर्षीय छोरा शिभम परियार रहेका छन् ।

भुकम्प प्रभावित यो परिवार अस्थाई टहरामा बस्दै आएका बताइएको छ । घटनाको विवरण आउन बाँकी रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *