परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

No ads found for this position
No ads found for this position

काठमाडौँ । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस। जयशङ्करबीच आज दिउँसो नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

उनीहरुबीच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ । मन्त्री डा राणालाई भारतीय विदेशमन्त्री एस जयशङ्करले स्वागत गरेका थिए ।

भारतीय विदेशमन्त्री एस। जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी थिइज् । यो उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *