जन्मदिनमा कलाकार विपीन कार्कीलाई मातृशोक
No ads found for this position
No ads found for this position
काठमाडौं- कलाकार विपीन कार्कीले आज आफ्नो जन्मदिनको दिन ममतामयी आमा सरस्वती कार्कीलाई गुमाएका छन् ।
उनको आमाको ७२ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान पाटन अस्पतालमा निधन भएको हो । फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या भएपछि उनको केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
पारिवारिक स्रोतका अनुसार उनको आजै बिहान १० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । कलाकार विपीनको आज जन्म दिन हो ।
प्रतिक्रिया