भ्रष्टाचारका मुद्धा छानबिनमा पाँच बर्षे हदम्याद मान्य छैन: रवि लामिछाने

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारका मुद्धा छानबिनमा पाँच बर्षे हदम्याद आफुहरुलाई मान्य नहुने स्पष्ट गरेका छन् ।

विहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार निवारण सम्वन्धी ऐन २०५९ लाई संशोधन विधयेकमा प्रस्ताव गरिएको पाँच बर्षको हदम्याद आफुहरुलाई मान्य नहुने बताएका हुन् ।

लामिछानेले अहिले देशका युवाहरुले आफुलाई लगातार फोन गरेर यस विषयमा दबाब समेत दिएकोप्रति खुशी समेत व्यक्त गर्दै आफ्नो पार्टीलाई भ्रष्टाचारका मुद्धा छानबिनमा पाँच बर्षको हदम्याद मान्य नहुने बताएका हुन् ।

यो विधेयक अहिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशभासन समितिमा छलफलको क्रममा रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *