मर्स्याङ्दी नदीबाट १४ जनाको शव निकालियो, ६ जना बेपत्ता

No ads found for this position
No ads found for this position

काठमाडौं- तनहुँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा बस खस्दा १४ जना भारतीय पर्यटकको मृत्यु भएको छ। सशस्त्र प्रहरी बल (एपीएफ)ले नदीबाट १४ जनाको सब निकालेको हो ।

अहिले घाइते र मृतकलाई नदीबाट सडकसम्म ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ। उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ।

बस सडकभन्दा करिब १ सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। बसमा करिब ३५ जना भएको जनाइएको छ। १५ जनालाई घाइते अवस्थामा निकालिएको बुझिएको छ भने ६ जना नदीमा बेपत्ता छन्।

यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा सवार सबै यात्रु भारतीय भएको खुलेको छ। उनीहरू भारतको गोरखपुरबाट नेपाल आएका थिए। गत भदौ ५ गते उनीहरू गोरखपुरबाट पोखरा आएका थिए।

बुधबार र बिहीबार पोखरामा बसेर उनीहरू शुक्रबार बिहान काठमाडौं हिँडेका थिए। यात्राकै क्रममा बस आबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *