सेमिफाइनल समिकरण पूरा, नेपालले भूटानसँग खेल्ने

No ads found for this position
No ads found for this position

काठमाडौं । राजधानीमा जारी साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ ।

समूहचरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेसंगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पुरा भएको हो । शुक्रबार सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले माल्दिभ्सलाई १–० ले पराजित गरेको हो ।

पराजित भएसंगै माल्दिभ्स अंकविहीन हुदै प्रतियोगीताबाट बाहिरिएको छ भने भारत समूह बिजेता बनेको छ । त्यस्तै सोहि समूहबाट भुटान तीन अंकका साथ सेमिफाइनल पुगेको छ ।

अब सेमिफाइनलमा नेपालले भुटानसंग प्रतिष्पर्धा गर्ने छ भने साबिक बिजेता भारतले साबिक उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलका खेल आइतबार र सोमबार हुने छन् भने फाइनल खेल आगामी बुधबार हुने एन्फाले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *