सुनकोसी नदीबाट गाडी निकालियो, ३ जना अझै बेपत्ता

No ads found for this position
No ads found for this position

काठमाडौं- सुनकोसी नदीमा गाडी खस्दा बेपत्ता भएका तीनजना युवा अझै फेला परेका छैनन्।

खोटाङको हलेसी महादेव मन्दिरको दर्शन गरेर काठमाडौं आउँदै गरेका भक्तपुरका चार युवा सवार प्रदेश ३ ख ०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुँडुलेबाट शनिबार सुनकोसी नदीमा खसेको थियो।

नदीमा बेपत्ता भएको गाडी गएराति २ बजे नदीबाट निकालिएको छ तर त्यसमा सवार तीन युवालाई अझै फेला पार्न नसकिएको प्रहरीले बताएको छ ।

बेपत्ता हुनेमा भक्तपुरको सूर्यविनायक नगरपालिका जगातीका ३२ वर्षीय अबिन बाँके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन्।

गाडीमा सवार भक्तपुरका २७ वर्षीय सुशान्त कक्षपतिले भने दुर्घटना हुँदा सडकमा फाल हानेर ज्यान जोगाएका छन्। घटना स्थलमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली र स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *