राफिन्हाको ह्याट्रिकमा भल्लाडोलिडमाथि बार्सिलोनाको ७ गोल

No ads found for this position
No ads found for this position

काठमाडौं-स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल भल्लाडोलिडलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक गरेका थिए भने रोबेर्ट लेवानडोस्की, जुलेस कोउन्डे, डानी ओल्मो र फेरान टोरेजले एक एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाले यस सिजनको ला लिगामा लगातार चौथो खेलमा जित हासिल गरेको छ । बार्सिलोनाको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै रियल भल्लाडोलिडको ४ खेलमा ४ अंक रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *