पेट्रोलियम पदार्थको मूल्य घट्यो

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल आयल निगमले आइतबार (आज)बाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ घटेर १ सय ६३ पुगेको छ भने डिजेलमा प्रतिलिटर १ रुपैयाँ घटेर १ सयय ५४ पुगेको आयल निगमले जनाएको छ ।

यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् नै छ ।

यस्तै पेट्रोल र मट्टीतेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १ सय ५४ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १ सय ५३ रुपैयाँ र अन्य क्षेत्रमा १ सय ५१ रुपैयाँ ५० पैसा पर्नेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *