एमालेबाट गण्डकीमा थपिए ४ मन्त्री

No ads found for this position
No ads found for this position

पोखरा- नेकपा एमालेबाट गण्डकी सरकारमा ४ मन्त्री थपिएका छन् । कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेका ४ मन्त्री आज नियुक्त गरेका हुन् ।

मन्त्री बन्नेमा नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल छन् । जिसीले भूमि व्यवस्था,कृषि तथा सहकारी, पाठकले स्वास्थ्य, केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नया मन्त्रीहरुको आजै पद तथा शपथको तयारी रहेको छ ।

गण्डकीमा सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको सरकारमा अहिलेसम्म भागबण्डा नमिल्दा एमाले सरकारमा गएको थिएन । तर अब मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ७ बाट ९ बनाएपछि एमाले अब सरकारमा गएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *