प्रतिनिधि सभा बैठकमा के छ आजको कार्यसूची ?

No ads found for this position
No ads found for this position

काठमाडौं- आज प्रतिनिधि सभाको बैठक बस्दै छ । आज अपराहन्न १ बजे संसदको बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकको निम्न बमोजिमको सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रपतिको कार्यालयको पत्र

सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने ।

प्रश्नोत्तर

सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने ।

समितिको कार्यावधि थप

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका माननीय सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने ।

समितिको प्रतिवेदन पेश

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मर बहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” र “सार्वजनिक सेवा प्रशारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्ने ।

व्यवस्थापन कार्य

माननीय उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले:-

(क) “ धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने ।
(ख) “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *