ओलम्पिक पदक विजेता पलेशाको विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)

No ads found for this position
No ads found for this position

काठमाडौं- पेरिस पारालिम्पिक्सअन्तर्गत पारा तेक्वान्दोमा नेपाललाई ऐतिहासिक पदक दिलाउने पलेसा गोवर्धनसहितको पारा तेक्वान्दो टोलीलाई बुधबार काठमाडौँमा भव्य स्वागत गरिएको छ।

पलेसाले पेरिस पारालिम्पिक्समा नेपाललाई काँस्य पदक दिलाएकी थिइन्। शुक्रबार राति भएको खेलमा उनले के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहको काँस्य पदक जितेकी हुन्।

योसँगै पलेसा ओलम्पिक्स र पारालिम्पिक्समा नेपाललाई पदक दिलाउने पहिलो खेलाडी बन्न सफल भएकी छन्।

बुधबार बिहान स्वेदश आइपुगेकी पारा तेक्वान्दो खेलाडी पलेसालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ।

उनी सहितको टोलीलाई नगर परिक्रमासहित स्वागत गरिएको हो। विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वरचोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा पुगेर बधाई कार्यक्रम आयोजना गरिएको थियो।

पारा ओलम्पिक्स अपांगता भएका खेलाडीले खेल्ने सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो।

तस्बिरहरू: रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *