प्याजेन्ट नेपालको तिज महोत्सव सम्पन्न

No ads found for this position
No ads found for this position

काठमाडौं १९ भाद्र । प्याजेन्ट नेपालको आयोजनामा यो बर्षको तिज महोत्सव सम्पन्न भएको छ । शोभा बुटिक होटल तथा राष्ट्रखबरको प्रस्तुतीमा आयोजित उक्त महोत्सवको समुद्घाटन प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाबाट भएको थियो । सांस्कृतिक चाडपर्वहरुको अवसर पारेर नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्दै जाने उद्देश्य अनुरुप प्याजेन्ट नेपालले प्रत्येक वर्ष मनाउदै आएको तिज फेस्टिवलमा डेढ दर्जन बढि महिला उद्यमी अपाङ्गहरुद्धारा उत्पादिन खाद्यान्न,कपडा,घरेलु उत्पादनबाट उत्पादित वस्तुहरुको प्रदर्शनी स्टल राखिएको थियो । समारोहमा लायन्स क्लब अफ ड्रिम्सबाट रक्तदान कार्यक्रमको आयोजना गरिनुका साथै ओम समाज डेन्टल,ओम चावहिल डेन्टल,नेपाल भारत मैत्री अस्पताल तथा एएसजी आई केयरबाट निशूल्क स्वास्थ्य शिविर संचालन गरेका थियो ।
देश विदेशमा विभिन्न अवार्ड समारोह,फेशन शो सांस्कृतिक कार्यक्रम,पर्यटन प्रर्वद्धनका लागि गरिने विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको प्याजेन्ट नेपालले सो कार्यक्रममा ‘मिस एण्ड मिसेस तिज’ को समेत आयोजना गरेको थियो । करिब ४० जना भन्दा वढि प्रतियोगीहरुले भाग लिएको उक्त प्रतियोगितामा अविवाहित महिला तथा विवाहित महिलाहरुको सहभागिता रहेको थियो । विभिन्न उमेर समूहमा रहेको सहभागीहरु मध्येबाट विभिन्न शिर्षकमा उपाधी जितेका थिए । प्रतियोगीताका मुख्य निणार्यक कलाकार किरण केसी तथा अन्य निणार्यकहरु वरिष्ठ रेडियोलोजिष्ट डा।सुशिल जंग शाह, डर्माटोलोजिष्ट डा।अपर्णा शाह, ईन्टरनेशनल रनवे मोडल दिपक घिमिरे, गायिका सरस्वती खत्री ‘सुरसुधा’, हबिव्सका प्रमुख सेजल जलान, मुम्बईबाट आएकी चर्चित अन्तराष्ट्रिय मोडल ऐश्वर्य उपाध्याय तथा भारतिय वरिष्ठ संचारकर्मी एवं ईभेन्ट डाईरेक्टर सविता भारति राणाले विजेताहरुलाई उपाधीको प्रमाण पत्र तथा ताज पहिराईदिएका थिए ।यो वर्षको प्याजेन्ट नेपाल तिज महोत्सवको डायमण्ड मिसेस तिजको उपाधी लिला केसीले हात पार्न सफल भएकी छन । उनलाई जुरी टिमले उपाधी तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । विजेतालाई विभिन्न गिफ्ट ह्याम्पर समेत उपलव्ध गराईएको थियो । प्रतियोगीताको कोरियोग्राफी लविन अन्सारी र सुमी बानियाले गरेका थिए भने कार्यक्रममा प्याजेन्ट नेपालकी सिईओ ममोथा बस्नेतको सत्यम शिवम् सुन्दरम बोलको नृत्यलाई दर्शक दिर्घाबाट निकै रुचाइएको थियो । कार्यक्रममा चर्चित कलाकारहरु आनन्द कार्की, गायिका मन्जु थापा, गायक सपन श्रेष्ठ, गायिका सरस्वती खत्री सुरसुधा, गायिका पूजन काफ्ले,गायिका सुजाता केसी, नृत्यङ्गना रोमा पाने, नृत्यङ्गना वर्षा कार्की तथा होचा पुड्का कलाकारहरुले आआफ्ना प्रस्तुती दिएका थिए । फेस्टिवलमा विभिन्न मोडलहरुले मौलिक पहिरनमा र्याम्प शो गरेका थिए ।
कार्यक्रमलाई चौधरी ग्रुप,नेपाल एयरलायन्स,राष्ट्रिय बाणिज्य बैंक,प्रभु बैंक, एनमबी बैंक,बेलिजा, रेडबुल,ओम समाज डेन्टल,हबिव्स,न्यू लाईक लुक्स, सिरेन रिसोर्ट नगरकोट,सिरेन डालिमा रिसोर्ट कुरिनटार,नुगा बेस्ट, ग्रिन ब्रिक्स, ओसिस व्यूटि स्पा, एसके ईन्टरटेनमेन्ट,सर्वहितेषी डेरी, पिडियु, बालुवाटार अर्गानिक, डर्मापरफेक्ट क्लिनिक,एएसजी आई केयर,सकल बायोईन्जाईम नेपाल, पौडेल ढाका उद्योग तानसेन ,प्रोजेक्टाईल तथा ग्रिनल्याण्ड ईन्ष्टिच्यूटको प्रायोजन रहेको थियो । कार्यक्रमबाट उठेको केहि रकम स्नेही काखमा हस्तान्तरण गरिने योजना रहेको आयोजक समितिका अध्यक्ष राज लुईटेलले जानकारी दिए ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *