जनताको ‘राउन्ड किक’ कस्तो हुन्छ, अब ओलीले देख्नेछन्- प्रचण्ड

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काउँदै अब जनताको किक कस्तो हुन्छ त्यो देख्ने बताएका छन्।

बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीमै बसेका नेताले ‘प्रचण्डलाई राउन्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको बताए। उनले भने ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्।’

प्रधानमन्त्री ओलीले एमालेको बुधबार बसेको पोलिटब्युरो बैठकमा ‘राउन्ड किक हानेर प्रचण्डलाई सत्ताबाट निकालेको’ अभिव्यक्ति दिएका थिए।

प्रचण्डले सत्तारुढ दलका नेताहरूले दिइरहेको संविधानविपरितका अभिव्यक्तिहरूको भण्डाफोर गर्न समेत कार्यकर्तालाई आह्वान गरेका छन्। सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उल्लेख गर्दै उनले यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने उनले बताए।

उनले भने-‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ तर संविधानको व्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरूले हस्ताक्षर गरेका छन।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *