ट्रम्प र ह्यारिसबीच सेप्टेम्बर १० मा बहस हुँदै

No ads found for this position
No ads found for this position

काठमाडौँ । अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनको प्रचार प्रसार तिब्र गतिमा जारी रहेको छ ।

यसैबीच रिपब्लिकनबाट उम्मेदवार बनेका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट उम्मेदवार रहेकी कमला ह्यारिसबीच टेलिभिजन बहस हुने भएको छ । यी दुईबीच सेप्टेम्बर १० मा बहस हुने भएको हो ।

यस अघि ट्रम्प र बाइडेनबीच पहिलो बहस गत जुन २७ मा भएको थियो । सो बहसमा बाइडेनको कम्जोर प्रदर्शनपछि उनले उम्मेदवारी नै छोड्नु परेको थियो ।

यसैबीच ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी ह्यारिसलाई बिना कुनै अवरोध बोल्न दिने योजना बनाएको बताएका छन् । यो बहस पेन्सिलभेनिया राज्यको सबैभन्दा ठूलो सहर फिलाडेल्फियामा हुने भएको छ ।

उता ह्यारिसले पनि आफु ट्रम्पसँगको बहसका लागि तयार रहेको बताएकी छन् । पछिल्ला पोलले ट्रम्पलाई ह्यारिसले उछिनेकी छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *