क्रोसियामाथि पोर्चुगलको सहज जित, रोनाल्डोले पुरा गरे ९ सय गोल

No ads found for this position
No ads found for this position

काठमाडौं- पोर्चुगलले युइएफए नेसन्स लिग अन्तर्गत क्रोसियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले क्रोसियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा डियोगो डोलाट र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । त्यस्तै क्रोसियाका लागि पोर्चुगलका डोलाटले नै आत्मघाती गोल गरेका थिए ।

रोनाल्डोले आफ्नो क्यारियरमा ९ सय गोल गरेका छन् । रोनाल्डोले क्लबबाट ७ सय ६९ र पोर्चुगलका लागि १ सय ३१ गोल गरेका छन् ।

पोर्चुगलले अब नेसन्स लिगको दोस्रो खेलमा सेप्टेम्बर ९ मा स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ । त्यस्तै क्रोसियाले सेप्टेम्बर ९ मा पोल्याण्डसँग खेल्दै छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *