पशुपतिमा तीजको रहर… (तस्बिरहरू)

No ads found for this position
No ads found for this position

काठमाडौं- हरितालिका तीज पर्व आज भगवान् शिवको पूजा आराधना गरी मनाइँदैछ ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

गएरातिदेखि नै काठमाडौं लगायत देशभरि नै वर्षा भइरहेको छ । वर्षा भए पनि देशभरका शिवालयमा व्रतालुको भीड छ । काठमाडौंको पशुपतिमा हरितालिका तीज पर्वका अवसरमा आज भगवान् शिवको पूजा आराधना गर्दै भक्तजनहरुले नाचगान गर्दै मनाइरहेका छन् ।

महिलाहरुले वर्षदिनभर आफुलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् ।

तस्बिरहरू: रासस ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *