महाकाली नदीले २ किशोरलाई बगायो, एकको शव भेटियो

No ads found for this position
No ads found for this position

काठमाडौं- दाउरा झिक्ने क्रममा महाकाली नदीले दुई किशोर लाइ बगाएको छ। भीमदत्त नगरपालिका-१२ स्थित उर्लिँदो महाकाली नदीले दुई किशोरलाई बगाएको हो।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका-१२ का १८ वर्षीय सौरभ दमाईं र सोही ठाउँका १५ वर्षीय अबी दमाईं महाकालीले बगाएको हो। जसमध्ये सौरभको शव दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा फेला परेको छ।

अर्का किशोर अबीको भने खोजी भइरहेको प्रहरीले जनाएको छ। खोजीमा अहिले स्थानीय र सुरक्षाकर्मी जुटेका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *