सुनले बनायो अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड, चाँदी पनि महँगियो

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।

आइतबार सुन तोलामा ५ सयले बढेपछि तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएर अहिलेसम्मकै उच्च बनेको हो ।

यसअघि गत भदौ २८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ६० रुपैयाँले बढ्दै प्रतितोला १९०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *