लुम्बिनी प्रदेश सभाको चालु अधिवेसन अन्त्य

No ads found for this position
No ads found for this position

काठमाडौं- लुम्बिनी प्रदेश सभाको चालू अधिवेशन सोमबार राती १२ बजे देखि अन्त्य भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले चालु अधिवेसन अन्त्य गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

लुम्बिनी प्रदेशसभाको चालु अधिवेसनमा ३५ वटा बैठक बसेका छन् । यो अवधिमा प्रदेश सभाले स्थानिय सेवा विधेयक, विपद् व्यवस्थापन विधेयक, प्रदेश निजामती कर्मचारी संशोधन विधेयक र आर्थिक वर्ष २०८१/०८२ को वजेट खर्च गर्नका लागि बनेको विनियोजन विधेयक पारित गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *