चितवनमा ५ बर्षमा ३ वटा चुनाव हुने भयो: गोकुल बाँस्कोटा

No ads found for this position
No ads found for this position
काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले चितवनमा फेरी उपनिर्वाचनहुने टिप्पणी गरेका छन् ।

रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गर्दै बास्कोटाले चितवनमा पाँच बर्षमा तीन वटा निर्वाचन हुने बताएका हुन् ।

बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्- ‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने। कानुनविद्का वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पुरा हुने कुरा पक्का जस्तै छ भनिन्छ । ७८औँ जिल्ला त्यसै भन्या रैनछ चितवनलाई !’

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । आम निर्वाचनमा जित हासिल गरेका लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएपछि भएको उपनिर्वाचनमा पनि शानदार जित हासिल गरेका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *