राउटे युवकको मृत्यु

No ads found for this position
No ads found for this position
सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षिय वृषबहादुर शाही रहेका छन् ।

६ महिना देखि बिरामी भएका उनी प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई टीबी भएको प्रदेश अस्पताल सुर्खेतले जानकारी दिएको छ । अस्पतालले उनको उपचार हुन नसक्ने बताएपछि राउटेबस्ती लैजादै गर्दा उनको बाटोमै बुधबार राति मृत्यु भएको हो । उनलाई धेरै बिरामी भएपछि मात्र अस्पताल ल्याईएको बताइएको छ ।

अहिले राउटे समुदाय दैलेखको गुराँस गाउँपालिका–१ सिमेसालमा बसिरहेका छन् । उनको मृत्युपछि राउटेको संख्या १३४ मा झरेको छ ।

राउटेहरुको स्वास्थ्यमा समस्या आउदा समयमा उपचार नगर्ने र जीवनशैलीका कारण जनसंख्या हरेकबर्ष घटिरहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *